समाचार / राजनीति

एमाले मधेश बिरोधी कहिल्यै छैनः अध्यक्ष ओली

असार २९ २०७४     .
Oli sir

काठमाडौं ।

तराई मधेशका बुद्धिजीवीहरु संग साक्षात्कार गर्दै नेकपा(एमाले) अध्यक्ष केपी ओलीले मधेश एमालेको गौरव रहेको वताउनु भएको छ । बीस सालमा राजाको निरंकुश शासनमा मारिएका दर्गानन्द झालाई आफु प्रधानमन्त्री हुँदा सहिद घोषणा गरेको प्रसंग उठाउँदै ओलीले एमालेलाई मधेश बिरोधी भन्नेहरुले मधेशका निम्म वर्गलाई माथि उठ्न नदिएको दावी गर्नुभयो । एमाले परिवर्तनको वाहक भएको वताउँदै ओलीले भन्नुभयो–‘देशको समग्र समस्या समाधान गर्नु पर्ने एमालेको काँधमा छ । त्यस वाहेक पनि तराई मधेशमा भएका खास समस्या समाधान गर्न एमाले कहिल्यै पछि पर्दैन ।’ भौगोलिक वनोटका आधारमा पनि हिमाल,पहाड र तराई फरक पार्नु नहुने तर्क अघि सार्दै ओलीले भन्नुभयो– ‘तराई सुगममा छ तर हिमाली दुर्गम भेग भन्दा पनि पछि छ ।’ बिगतको निरंकुश शासन सत्ताले पनि तराई मधेशलाई पछि पारेको ओलीको ठहर छ । मौलिक हकमा नै उल्लेख भएको हक अधिकारलाई एमालेले सधै सम्मान गर्ने वताउनुभयो । संबिधानले प्रत्याभूत गरेको हक अधिकारलाई सरकारले कार्वान्यवन गर्नुपर्ने उहाँको तर्क छ । ‘कानुन र संरचना निर्माण गरेर अधिकारलाई कार्यान्वयनमा लैजानु सरकारको कर्तब्य हा’े –ओलीले भननुभयो । तराईका क्षेत्रमा स्वास्थ्य र शिक्षामा भएको अवस्थाका वारे चिन्ता ब्यक्त गर्दै ओलीले महिला साक्षारता दर र वालमृत्यु दर तराईका सुगम भनिएका जिल्लाहरुमा बढी रहेको तथ्यांक प्रस्तुत गर्नुभयो । यस्ता समस्या समाधान गर्ने उद्धेश्यका साथ एमालेले काम गरिरहेको तर, एमालेको नीतिको ब्यख्या उल्टो गरेर मधेशका ठूलाठालुले समस्या पैदा गरेको उहाँले वताउनुभयो । यसरी उल्टो ब्याख्या गर्नेहरुलाई समस्या समाधान गर्न उहाँले चेतावनी पनि दिनुभयो ।
मधेशमा धेरै प्रकारका संस्कृति,, भाषाभाषी र भेषभुषा भएको प्रसंग उठाउँदै ओलीले तिनीहरुको जगेर्ना गर्न एमाले सधै तयार रहेको वताउनुभयो । जनक राजाले हलो जोत्दा सिता निस्किएको प्रसंग उल्लेख गर्दै ओलीले खेतवाट जीवित बच्चा जन्मने मधेशमा अहिले मधेशका घरमा भएको वच्चा अशक्त र रोगी भएकोमा चिन्ता गर्दै भन्नुभयो– ‘तराई मधेशकमा परिवर्तन ल्याउने एमालेको नीतिमा रहेको छ ।’  तराई मधेशका दलीत र लोपोन्मुख जातीका केटाकेटीलाई निशुल्क पढाउने ब्यवस्था एमाले सरकारले गरेको उदाहरण पेश गर्दै ओलीले एक पक्षीय रुपमा आलोचना गरेकोमा दुःख ब्यक्त गर्नुभयो । ठूल्ठूला युद्ध हुँदा पनि नाकाबन्दी गर्न नमिल्ने वताउँदै ओलीले आफु प्रधानमन्त्री हुँदा नाकाबनदीको सामाना गर्नुपरेको तितो यथार्थ पेश गर्दै भन्नुभयो– ‘नाकावन्दी समर्थन गर्नेहरुले नै एमालेलाई मधेश विरोधीको आरोप लगाउने गरेका छन् ।’

0 प्रतिकृयाहरू प्राप्त

To Top