डोल्पामा प्रश्नपत्र विना नै स्नातक तहको परीक्षा सञ्चालन

लायन्स विशेष असार २८ २०७४ .
Exam pti

 डोल्पा, असार २८ ।    डोल्पामा स्नातक दोस्रो वर्षको  परीक्षा प्रश्नपत्र बिना नै सञ्चालन गरिएको छ । गत २३ असार देखि सुरु भएको बिएड दोस्रो वर्षको परीक्षामा प्रश्नपत्र नआएपछि परीक्षा नियन्त्रण कार्यालय बल्खुबाट फ्याक्स मगाइ परीक्षा सञ्चालन गरिएको डोल्पो क्याम्पसका प्रमुख धनन्ञ्जय सुवेदीले जानकारी दिए ।

गत २३ असारमा पुग्नुपर्ने प्रश्नपत्र तथा प्रवेशपत्र २७ असारमा मात्र डोल्पा पुगेकाले २३ गते र २६ गते सञ्चालन भएका परीक्षाहरु फ्याक्समा आएको प्रश्नपत्र फोटोकपी गरेर परीक्षार्थीका हात हातमा पुर्‍याएको क्याम्पस प्रमुख सुवेदीको भनाई छ ।परीक्षार्थीको प्रवेशपत्र समेत नआएकाले इमेलमा मगाई प्रवेशपत्र वितरण गरिएको समेत क्याम्पस प्रमुख सुवेदीले जानकारी दिए ।

स्तरउन्नतीका लागि डोल्पाको एकमात्र जुफाल विमानस्थल बन्द हुँदा हवाईसेवा बन्द भएको र पैदलमार्ग समेत सुरुक्षाका तथा जोखिमका हिसाबमा असहज भएकाले प्रश्नपत्र ल्याउन ढिलाइ भएकोे परीक्षा सञ्चालन गर्न जुम्ला बहुमुखी क्याम्पसबाट खटिएका केन्द्राध्यक्ष हरीशरण आचार्यले बताए । मंगलबार हुने परीक्षामा मात्र परीक्षा नियन्त्रण कार्यालयले पठाएको छापिएको प्रश्नपत्र परीक्षार्थीको हातहातमा पुग्ने केन्द्राध्यक्ष आचार्यको भनाई छ ।

वर्षातको समयमा खोलानाला बढेर बाटाघाटाहरु अवरुद्ध भएकाले एकदमै कष्टपुर्ण यात्रा गरेर ज्यानको बाजी लगाउँदै जुम्लाबाट पैदलमार्ग भएर डोल्पा प्रश्नपत्र पुर्‍याएको आचार्यको भनाई छ ।कर्णालीको कालिकोट बाहेक जुम्ला,हुम्ला र मुगुमा समेत फ्याक्स मगाएर स्नातक दोस्रो तहको परीक्षा सञ्चालन गरिएको आचार्यले बताए ।  बास्तवमा दुर्गमको पीडा यो बाहेक अरु केही हुन नसक्ने उनको भनाई छ ।

६१ वर्षीया आचार्य डोल्पामा स्नातक परीक्षा सञ्चालनको लागि सात पटक डोल्पा पुगिसकेका छन् ।  यहाँको डोल्पो क्याम्पस र लिकु संयुक्त क्याम्पसमा स्नातक तहको पढाइ हुने गर्दछ ।

प्राप्त प्रतिकृयाहरू

To Top