समाचार / स्वास्थ्य

जिल्ला अस्पताल नवलपरासीमा सेवा प्रभावित

असार २८ २०७४     .
Prithivi chandra

नवलपरासी  असार २८–  पृथ्वीचन्द्र अस्पताल नवलपरासीको उपचार सेवा बुधबार प्रभावित भएको छ । जिल्लाका विभिन्न क्षेत्रबाट आएका विरामी अस्पतालको सेवा नपाएपछि निरास भएर फर्केका छन् ।

बुधबार  अस्पतालको बहिरङ्ग सेवा, आकास्मिक सेवा, ल्याब लगायतका विभिन्न उपचार सेवा बन्द भएपछि विरामीहरु त्ष्तिकै फर्कन बाध्य भएका हुन् ।


मंगलबार साँझ ५ बजे एक बिरामीको उपचारका क्रममा मृत्यु  भएको विषयमा भएको विवाद मिलाउन भन्दै सेवा अवरुद्ध भएको हो ।


घट्नाअनुसार नवलपरासी सदरमुकाम परासीस्थित रामग्राम नगरपालिका वडा नं १ का राम हरिजनलाई बेहोस अवस्थामा उपचार गराउन अस्पताल ल्याइएको थियो । पीडित पक्षको भनाई अनुसार हरिजन बेहोस भएपनि उनको श्वासप्रश्वास चलिरहेको थियो ।

तर, समयमै उपचार नगर्दा अस्पतालमै उनको मृत्यु भयो । तर, चिकित्सकहरुले हरिजनको मृत्यु असपताल पुग्नुअघि नै भएको र पोष्टमार्टम गर्न भन्दा मृतकका आफन्तले जिउँदो मानिसलाई पोष्टमार्टम गर्न खोजेको भन्दै आक्रोश पोखेका थिए । सोही क्रममा आक्रोशित स्थानीय र प्रहरीबीच झडप समेत भएको थियो ।
यता, रामुहरिजनको मृत्यु करेन्ट लागेर या सर्पको टोकाईले हो भन्ने विषयमा अस्पतालले केही बताएको छैन ।
 

 

0 प्रतिकृयाहरू प्राप्त

To Top