माछापुच्छ्रे क्रिकेट लिग साउन १६ देखि पोखरामा

खेल असार २७ २०७४ .
Cricket 1469195007

काठमाडौँ असार २७– माछापुच्छ्रे क्रिकेट क्लब र खुकुरी इन्टरटेन्मेन्टको आयोजनामा पोखरामा साउन १६ देखि २८ गते सम्म माछापुच्छ्रे क्रिकेट लिग प्रतियोगिता हुने भएको छ । अक्सनद्वारा खेलाडीको चुनाव गरिने प्रतियोगिताको लिगमा बाग्लुङ, स्याङ्जा, पर्बत, तनहु, पोखरा र माछापुच्छ्रे गरी ६ टोली सहभागी हुनेछन् । स्थानीय खेलाडीहरुको सहभगिता र कप्तानी टोलीमा रहनेछ ।

बाग्लुङको कप्तानी विजय बिक, स्याङ्जाको कप्तानी दिवाकर थापा, पर्वतको कप्तानी राजु थापा, तनहुँको कप्तानी राजु गुरुङ, पोखराको कप्तानी प्रविन ढकाल र माछापुच्छ्रेको कप्तानी दिपेश खत्रीले गर्नेछन् । अक्सनमा टिमका कप्तान र टिमका मालिकले खेलाडीहरुका लागि बोली लगाउने छन् ।

प्रत्येक टिममा १५ जना खेलाडी सहभागि हुनेछन् । पोखराको माछापुच्छ्रे क्रिकेट क्लब मैदानमा प्रतियोगिताका सम्पूर्ण खेलहरु हुनेछ । लिग अन्तर्गत पहिलो चरणमा ६ टिमले एक अर्कासँग प्रतिस्पर्धा गर्ने मौका पाउने छन् ।

लिग चरणबाट उत्कृष्ट ४ टोलीले प्ले अफ चरणमा प्रवेश गर्नेछ । लिगका उत्कृष्ट २ टिम बीच भएको खेलमा बिजेता हुन सफल टिम सिधा फाइनलमा प्रवेश गर्नेछ भने उक्त खेलमा हार्ने टिमले लिगमा तेश्रो र चौथो टिमबीच भएको खेलको बिजेतासँग दोश्रो क्वालिफायर खेल खेल्नेछ ।

विजेता टिमले ३ लाख र उपविजेता टोलिले २ लाख रुपैयाँ पुरस्कार पाउने छन् भने प्रतियोगिताको  म्यान अफ द म्याच हुने खेलाडीले २ हजार रुपैयाँ पाउनेछ ।

त्यस्तै फाइनल खेलको म्यान अफ द म्याच हुनेले ५ हजार रुपैयाँ पाउनेछ । उत्कृष्ट खेलाडीले बन्न सफल प्रतियोगिले रु. २० हजार तथा बेस्ट बलर र ब्याट्सम्यानले १० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

प्राप्त प्रतिकृयाहरू

To Top