भैरहवाका मेयरको पहिलो निर्णयः २४ घण्टे हटलाइन सेवा

समाज असार २६ २०७४ .
Hari prasad and umla bhairahawa uml wins 768x407

भैरहवा  असार,२६। रुपन्देही सदरमुकाम भैरहवा (सिद्धार्थनगर नगरपालिकाका) नवनिर्वाचित मेयर हरिप्रसाद अधिकारीले र उपमेयर उमा काफ्लेलेे पदभार ग्रहण गरेका छन् ।

पदभार ग्रहण लगत्तै बसेको पहिलो बोर्ड बैठकले तीनवटा निर्णय गरेको छ ।

त्यस्तै बैठकले नगरपालिकाका नगरवासीहरुको गुनासोहरुको सुनुवाइको निम्ती साउन १ गतेबाट २४ घण्टा हटलाइन फोन सेवा संचालनमा ल्याउने र वषर्ाको समयलाई ध्यानमा राख्दै निम्तिने सक्ने डुबान सम्बन्धी समस्या समाधानका लागि हाइअलर्ट रहने निर्णय गरेको छ ।

बैठकले सुशासन कायम गर्नका निम्ती भ्रष्टाचार विरुद्ध शुन्य सहनशीलताको नीति अबलम्बन गरी काम गर्ने निर्णय गरेको नगरपालिकाका सूचना अधिकृत देव ज्ञवालीले जानकारी दिए ।

पदवहाली गर्ने क्रममा मेयर अधिकारीले सम्पूर्ण कर्मचारीलाई बिहान १० बजेदेखि ५ बजेसम्म २ मिनेट पनि समय खेर नफाली जनताको सेवामा लाग्न निर्देशन दिए ।

 

प्राप्त प्रतिकृयाहरू

To Top