तुलसीपुर उपमहानगरमा एमालेका घनश्याम र माया भारी मतसहित विजयी

राजनीति असार २२ २०७४ .
Dang mayar

दाङ । दाङको तुल्सीपुर उपमहानगरपालिकामा एमाले विजयी भएको छ । एमालेका मेयरका उम्मेदवार घनश्याम पाण्डेय २२ हजार ८ सय ५७ मत ल्याएर विजयी हनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपालीका कंग्रेसका गेहेन्द्र गिरीले १८ हजार ९ सय ३ मत ल्याउनुभएको छ ।

त्यस्तै उपमेयरमा पनि एमालेकै माया आचार्यले २१ हजार ३७ मत ल्याएर विजयी हुनुभएको हो । उहाँको निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी देवका नेपालीले २० हजार १ सय ८५ मत ल्याउनुभएको छ ।

१९ वडा रहेको उपमहानगरपालिकामा ९ वटा वडामा एमाले विजयी भएको छ ।

प्राप्त प्रतिकृयाहरू

To Top