२८ जिल्लाको मतगणना सकियो, ७ जिल्लाको मतगणना जारी

राजनीति असार २२ २०७४ .
Nirwachan

काठमाडौं, असार २२– असार १४ गते दोस्रो चरणमा निर्वाचन सम्पन्न भएका प्रदेश नं. १, ५ र ७ का ३५ जिल्लाका ३३४ स्थानीय तहमध्ये ३१६ स्थानीय तहको मतगणना सम्पन्न भएको छ ।

निर्वाचन आयोगका अनुसार हाल ७ जिल्लाका १८ स्थानीय तहको मतगणना कार्य जारी छ ।आयोगले बिहीबार बिहान जारी गरेको सुचनामा २८ जिल्लाका सबै स्थानीय तहको मतगणना कार्य सम्पन्न भएको जनाएको छ ।

मतगणना सम्पन्न भएका जिल्लामध्ये प्रदेश नम्बर १ मा इलाम, ओखलढुंगा, खोटाङ, ताप्लेजुङ, तेह्रथुम, धनकुटा, पाँचथर, भोजपुर, संखुवासभा र सोलुखुम्बु छन् । यसैगरी, प्रदेश नम्बर ५ मा अर्घाखाँची, कपिलवस्तु, गुल्मी, नवलपरासी, पाल्पा, दाङ, प्यूठान, बर्दिया, बाँके, रोल्पा, रुकुम छन् ।

प्रदेश नम्बर ७ मा अछाम, डडेलधुरा, डोटी, दार्चुला, बझाङ, बाजुरा र बैतडी जिल्लाका सबै स्थानीय तहको मतगणना कार्य सम्पन्न भइसकेको छ । मत गणना जारी रहेका ८ जिल्लामा प्रदेश नम्बर १ मा उदयपुर, झापा, मोरङ, सुनसरी, प्रदेश नम्बर ५ मा कपिलवस्तु र प्रदेश नम्बर ७ मा कञ्चनपुर तथा कैलाली बाँकी छन् ।
 
 

प्राप्त प्रतिकृयाहरू

To Top