बुटवलमा एमालेको शानदार जित निश्चित

राजनीति असार २१ २०७४ .
Gomadevi acharya and shivraj subedi 1 eg5aznnwpj

बुटवल, असार २१ ।दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा सबैभन्दा चासो  र चर्चा मा रहेका बुटवल उपमहानगरपालिका बुटवलमा एमालेको शानदार जित  निश्चित भएको छ ।
 एमाले उपमहासचिव विष्णु पौडेलको निर्वाचन क्षेत्र नं ४ मा पर्ने बुटवल उपमहानगरमा एमालेका उम्मेदवार गणना गर्न बाँकी रहेको मतभन्दा धेरै मत अन्तरले अघि पुगिसकेका छन्। १९ वटा वडा रहेको बुटवलका १८ वटा वडाको नतिजा आइसकेको छ । वडा नम्बर १३  र १८ बाहेक सबै वडा एमालेले जितिको हो । १८ वटा वडामध्ये १६ वटामा एमालेले जित हात पारेको छ भने २ वटा वडा कांग्रेसले जितेको छ ।
बुटवल वडा नम्बर १८ सम्मको नतिजा हेर्दासम्म मेयर पदमा एमाले कांग्रेसको मतान्तर २ हजार ५ सय ४२ छ । अब गन्न बाँकी वडा न १९ को १ हजार ९ सय ३५ मत हो । कांग्रेस माओवादी गठबन्धनले १९ नम्बरको सबैमत पाएपनि मेयर उपमेयर जित्न सक्दैनन । सबैपाएपनि उनीहरुको मतान्तर ६०७ हुनेछ  र त्यो सबैमत गठबन्धनले पाउने जुन असम्भव कुरा हो ।
मेयर पदमा एमालेका शिवराज सुवेदीको अहिलेसम्म २२ हजार ४ सय ८४ मत आएको छ भने कांग्रेसका खेलराज पाण्डेयको १९ हजार ९ सय ४१ मत छ । बुटवल उपमहानगरपालिकामा कुल ४९ हजार ८ सय ९५ मत खसेकोमा अहिलेसम्म ४६ हजार ६ सय ६१ गणना भएको छ ।
उपमेयरमा एमालेकी गोमा आचार्य करिब दोब्बर मतको अन्तरमा विजयी हुने निश्चित भइसकेको छ । आचार्यको २४ हजार ५ सय १६ मत छ भने गठबन्धनका माओबादी उम्मेदवार जगतबहादुर पोखरेलको १४ हजार १ सय २५ मत छ ।

 

प्राप्त प्रतिकृयाहरू

To Top