२ सय ९२ स्थानीय तहको नतिजा सार्वजनिक

राजनीति असार २१ २०७४ .
Three party

स्थानीय तहको दोस्रो चरणमा असार १४ गते सम्पन्न ३ सय ३४ स्थानीय तहमध्ये २ सय ९२ स्थानीय तहको नतिजा सार्वजनिक भएको छ । जसमध्ये एमाले पहिलो स्थानमा छ भने नेपाली काँग्रेस दोस्रो र नेकपा माओवादी केन्द्र तेस्रो स्थानमै रहेको छ । सार्वजनिक नतिजाअनुसार एमालेले एक उपमहानगरसहित हालसम्म १ सय २७ स्थानीय तहमा जित हासिल गरेको छ । 
नेपाली काँग्रेसले एमालेलाई पछ्याउँदै १ सय १० स्थानीय तहमा जित हासिल गरेको छ । 
यस्तै, नेकपा माओवादी केन्द्रले ८ नगरपालिकासहित ३६ स्थानीय तहमा जित हासिल गरेको छ ।अन्य दलहरु संघीय समाजवादी फोरम र नेपाल लोकतान्त्रिक फोरमले ६, ६ स्थानमा जित हासिल गर्दा राप्रपाले एक उपमहानगरपालिकासहित ३ तथा राष्ट्रिय जनमोर्चाले दुई स्थानमा जित निकाल्दा दुई जना स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।
 

प्राप्त प्रतिकृयाहरू

To Top