गुल्मीका वडामा पनि एमालेको पल्लाभारी

राजनीति असार २० २०७४ .
Gulmi

गुल्मी ।स्थानीय निर्वाचनमा गुल्मीका वडामा पनि एमाले वलियो भएको छ । जिल्लामा रहेका ९३ वडामा एमालेले ६० वडामा अध्यक्ष सहित प्यानलै बिजयी भएको छ । कांग्रेस २९ वडामा मात्र प्यानलै बिजयी छ ।  माओवादी केन्द्र  ४ वडा र जनमोर्चा १ वडामा अध्यक्षसहित प्यानलै बिजयी भएको छ ।
जिल्लामा रहेका १२ स्थानीय तह मध्ये २ नगर रेसुङ्गा नगरपालिकामा ८ वडामा कांग्रेस ६ वडामा एमाले अध्यक्षसहित बिजयी भएको छ । मुसिकोट नगरपालिकामा एमाले ८ र काँग्रेस १ वडामा अध्यक्षसहित बिजयी भएको छ । गाउँपालिका तर्फ गुल्मी दरवार गाउँपालिकामा कांग्रेस ४ वडामा र एमाले ३ वडामा अध्यक्षसहित बिजयी भएको छ ।
चन्द्रकोट गाउँपालिकामा एमाले ४ वडामा, कांग्रेस २ वडामा, माओवादी २ वडामा निर्वाचित भएको छ । कालिगण्डकी गाउँपालिकामा काँग्रेस ४ वडामा, एमाले २ वडामा, १ वडामा जनमोर्चा वडा अध्यक्षसहित निर्वाचित भएका छन् । सत्यवत्ती गाउँपालिकामा एमाले ६ वडामा, २ वडामा कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । रुरु गाउँपालिकामा एमाले ५ वडामा, १ वडामा माओवादी  अध्यक्षसहित निर्वाचित भएको छ ।
इस्मा गाउँपालिकामा एमाले ५ वडामा, १ वडामा काँग्रेस अध्यक्षसहित निर्वाचित भएको छ । धुर्कोट गाउँपालिकामा कांग्रेस ३ वडामा, एमाले ३ वडामा, १ वडामा माओवादी अध्यक्षसहित निर्वाचित भएको छ । छत्रकोट गाउँपालिकामा एमाले ४ वडामा, कांग्रेस २ वडामा अध्यक्षसहित निर्वाचित भएको छ ।
मदाने गाउँपालिकामा एमाले ६ वडामा, १ वडामा कांग्रेसका उम्मेदवार अध्यक्षसहित निर्वाचित भएका छन् । मालिका गाउँपालिकामा कांग्रेस १ वडामा, एमाले ७ वडामा अध्यक्षसहित निर्वाचित भएका छन् । गुल्मीका १२ तहमध्ये ७ तहमा एमाले ४ तहमा कांग्रेस १ तहमा माओवादीका उम्मेदवार निर्वाचित भएका छन् ।

 

प्राप्त प्रतिकृयाहरू

To Top