रुपन्देहीको तिलोत्तमा एमालेको पोल्टामा

राजनीति असार २० २०७४ .
Rupandehi 04072017011551 1000x0

 वुटवल । रुपन्देहीको तिलोत्तमामा एमालेका उम्मेदवार विजयी हुनुभएको छ । नगरपालिकाको मेयरमा एमालेका बासुदेव घिमिरेले १९ हजार ८४ मत प्राप्त गर्नुभएको छ । निकटतम नेपाली काँग्रेसका रामकृष्ण खाँडको भागमा १६ हजार २ सय ६४ मत परेको छ । उपमेयरमा एमालेकी जागेश्वरी चौधरीको भागमा १९ हजार २ सय २४ मत परेको छ भने निकटतम राष्ट्रिय जनमुक्तिकी गीता सारुको भागमा १६ हजार ६ मत मात्र परेको छ ।
यहाँ कांग्रेसले वडा तहसम्म राट्रिय जनमुक्तिसंग गठबन्धन गरेर चुनावी मैदानमा उत्रिएको थियो । १७ वडा रहेको तिलोत्तमा नगरपालिकामा ६० हजार ४ सय ४० मतदाता थिए ।

प्राप्त प्रतिकृयाहरू

To Top