दाङको घोराहीमा मेयर–उपमेयर दुवै एमालेकै

राजनीति असार १९ २०७४ .
Ghorahi news

 घोराही ,असार १९  । एमालेले उपमहानगरमा विजयी सुरुवात गरेको छ । दाङको घोराही उपमहानगरपालिकाको मेयर र उपमेयर जित्दै एमालेले उपमहानगरमा विजयी सुरूवात गरेको हो ।

मेयरमा एमाले उम्मेदवार नरूलाल चौधरी साढे चार हजार मतअन्तरले विजयी भएका हुन् । काँग्रेस उम्मेदवार भुपबहादुर डाँगी पराजित भएका छन् । काँग्रेसको पकड क्षेत्र भनिएको घोराहीमा निकै मतअन्तरले एमाले विजयी भएको छ ।  विजयी चाैधरीले २२ हजार ३० मत ल्याए । पराजय व्यहाेरेका डाँगीले १७ हजार ४ सय ८४ मत ल्याए ।

उपमेयरमा पनि एमालेकै सिता न्यौपाने विजयी भएकी छन् । न्यौपानेले काँग्रेस उम्मेदवार पुष्पा श्रेष्ठलाई पराजित गरिन् । उपमेयरमा न्याैपानेले २० हजार ७ सय ९२ मत ल्याइन् । काँग्रेस उम्मेदवार  श्रेष्ठले १७ हजार ६ सय ३ मत प्राप्त गरिन् । एमालेले मेयर-उपमेयरसहित ११ वडा जितेको छ ।

७८ हजार ४ सय १९ मतदाता रहेको घोराही उपमहानगरमा ५८ हजार ५ सय ३९ मत खसेको थियो । १ हजार भन्दा बढी मत बदर भएको छ । यस्तै, अर्को उपमहानगर तुलसीपुरमा समेत एमालेले जित्ने सम्भावना बढेको छ ।

 

प्राप्त प्रतिकृयाहरू

To Top