रुपन्देहीको पाँच गाउँपालिकाको नतिजा सार्वजनिक

राजनीति असार १९ २०७४ .
Rupendehi 768x461

रुपन्देही असार,१९ ।१६ वटा स्थानीय तह रहेको रुपन्देहीमा  पाँच गाउँपालिकाको नतिजा सार्वजनिक भएको छ ।  प्राप्त नतिजा अनुसार रुपन्देहीमा दुई गाउँपालिकामा एमाले। दुईमा संघीय समाजवादी र नयाँ शक्ति तथा एक गाउँपालिका प्रमुखमा माओवादी केन्द्रले विजयी हासिल गरेको हो ।
ओमसतिया गाउँपालिकामा माओवादी केन्द्र विजयी भएको छ । माओवादी केन्द्रका हिराकुमार केवट २४४२ मतका साथ विजयी हुनुभएको हो ।
उहाँका निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरमका मञ्जितकुमार यादवले २३११ मत ल्याउनुभयो ।यस्तै उपाध्यक्षमा पनि माओवादी केन्द्रकै सुन्दरमती हरिजनले २२६४ मत ल्याएर विजयी हुनुभएको छ । उहाँकी निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी अमृता उप्रेतीले २१७२ मत प्राप्त गर्नुभयो । यस्तै गैडहवा गाउँपालिकामा संघीय समाजवादी र नयाँशक्ति संयुक्त प्यानल विजयी भएको छ । अध्यक्षमा बच्चुलाल केवट ५४१५ तथा उपाध्यक्षमा सोही प्यानलकी संगीता यादव ४९७५ मतसहित विजयी हुनुभएको छ ।
रुपन्देहीको रोहिणी गाउँपालिका अध्यक्षमा संघीय समाजवादी र नयाँ शक्ति संयुक्त प्यानलका सनोजकुमार यादव ३७६० तथा उपाध्यक्षमा राप्रपाकी श्रीकान्ति चमार ३४९६ मत ल्याएर विजयी हुनुभएको निर्वाचन आयोगले जनाएको छ ।
यसअघि हिजो सार्वजनिक भएको दुई गाउँपालिकामा एमालेले जित हासिल गरेको छ । कञ्चन गाँउपालिका प्रमुख पदमा नेकपा एमालेका गोकर्ण बहादुर क्षेत्रीले ६ हजार ७ सय ७७ मतले बिजयी हुनुभयो । उपाध्यक्षमा नेकपा एमालेकै गोमा तरामुले ६९२४ मतले बिजयी हुनुभएको छ । प्रमुख प्रतिद्धन्दी नेपाली काँग्रेसका डोल बहादुर थापाले ५ हजार ९ सय ६७ मत ल्याउनुभएके थियो । शुद्धोधन गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा एमाले विजयी भएको छ । अध्यक्षमा विजयी एमालेका किशुनचन्द्र चौधरीले ५ हजार ३ सय ७१ मत पाउनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका भगवती प्रसाद थारुले ५ हजार १६ मत प्राप्त गर्नुभयो । ।यस्तै उपाध्यक्ष पदमा विजयी एमालेकी शान्तादेवी ज्ञवालीले ५ हजार ३ सय ९० मत प्राप्त गर्नुभएको छ । उहाँको निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी रामेश्वरी सिंहले ४ हजार ९ सय ५० मत प्राप्त गर्नुभयो ।

प्राप्त प्रतिकृयाहरू

To Top