पाल्पामा एमालेको वर्चश्व

राजनीति असार १८ २०७४ .
Uml 2

पाल्पा असार १८ । पाल्पाको तानसेन नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा एमालेले विजय हासिल गरेको छ । प्रमुखमा नेकपा एमालेका अशोककुमार शाहीले १० हजार ४५० र उपाध्यक्षमा एमालेकै लक्ष्मी पाठक नौ हजार ७५३ मत ल्याई विजय भएका हुन् ।

प्रमुखका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका अजयमान कर्माचार्य आठ हजार ०६७ र उपप्रमुखमा नेकाकै लालु रानाले आठ हजार ३८९ मत प्राप्त गरे ।

बगनासकालीमा अध्यक्ष काँग्रेस विजय

बगनासकाली गाउँपालिका अध्यक्षमा नेपाली काँग्रेसका कृष्ण बस्याल विजय भएका छन् । बस्यालले पाँच हजार ५९४ र उपाध्यक्षमा नेकपा एमालेका सरस्वती चिदीले पाँच हजार ५०५ मत प्राप्त गरी विजय भएकी हुन् ।

बस्यालका निकटम नेकपा एमालेका देवी बस्यालले पाँच हजार ३४६ मत र उपाध्यक्षमा नेकपा माओवादीका कृष्ण भुषालले चार हजार ०५६ मत प्राप्त गरे ।

रैनादेवीमा काँग्रेस विजय

रैनादेवी छहरा गाउँपालिकामा नेपाली काँग्रेस विजय भएको छ । गाउँपालिका अध्यक्षमा नेकाका रामबहादुर कार्की र उपाध्यक्षमा काँग्रेसकै चेतना गाहा विजय भएको निर्वाचन अधिकृत यादवराज शर्माले जानकारी दिए । नेकाका कार्की पाँच हजार १४६ र चार हजार ९४३ मत प्राप्त गरी विजय भए ।

रिब्दीकोटमा एमाले विजय

रिब्दीकोट गाउँपालिकामा अध्यक्षमा नेकपा एमालेका नारायण जिसी र उपाध्यक्षमा एमालेकै लक्ष्मी खनाल विजय भएका छन् ।

जिसीले तीन हजार ८३ र खनालले तीन हजार ८८१ मत प्राप्त विजय हासिल गर्न सफल भएका छन् ।

अध्यक्षका प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका लीलाबहादुर कार्कीले दुई हजार ८४८ मत र नेकाका कमला छहरीको दुई हजार ८९९ मत प्राप्त गरे ।

माथागढी गाउँपालिकामा काँग्रेस विजय

माथागढी गाउँपालिकाको अध्यक्षमा काँग्रेसका सन्तोषकुमार थापा विजयी र उपाध्यक्षमा निर्मला भट्टराई विजयी भएका छन् । अध्यक्ष थापाले ६ हजार ९६ मत ल्याए भने उनका प्रतिस्पर्धी नेकपा एमालेका बिमल काफ्लेले चार हजार २१ मत ल्याए ।

उपाध्यक्ष भट्टराईले पाँच हजार ६२४ मत ल्याएर विजयी बनिन् । उनका प्रतिस्पर्धी एमालेकी माया चिदीले चार हजार १०१ मत पाइन् ।

तिनाहुँ गाउँपालिकामा एमाले विजय

तिनाहुँ गाउँपालिकाको अध्यक्षमा एमालेका यमबहादुर घर्ती दुई हजार ८१९ मत ल्याई विजयी भए । उनका प्रतिस्पर्धी नेकाका महेन्द्र पाण्डेयले दुई हजार ७०७ मत ल्याए ।

गाउँपालिकाको उपाध्यक्षमा एमालेकी दमन्ती थापा विजयी भइन् । उनले दुई हजार ८७५ मत ल्याए भने उनका प्रतिस्पर्धी नेकाका मन कार्कीले दुई हजार ६८६ मत पाएका छन् ।  

पूर्वखोला गाउँपालिकामा एमाले विजय

पूर्वखोला गाउँपालिकाको अध्यक्षमा एमालेका नुनबहादुर थापाले आठ हजार ८३६ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिस्पर्धी नेकाका झमनराज मगरले एक हजार ३२ मत ल्याए । गाउँपालिकाको उपाध्यक्षमा नेकपा एमालेकी भागिरथी भट्टराईले पाँच हजार ४०० मत ल्याई विजयी हासिल गरिन् । । उनकी प्रतिस्पर्धी नेकाकी पुष्पा गाहाले एक हजार १४३ मत पाइन् ।  

निस्दी गाउँपालिकामा एमाले विजय

निस्दी गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका मुक्तबहादुर सारु विजयी भए । उनले पाँच हजार ३२० मत ल्याई विजयी भए । उनका प्रतिस्पर्धी नेकाका शालिकराम पाण्डेयले दुई हजार २५३ मत ल्याए ।

यस्तै, गाउँपालिकाको उपाध्यक्षमा एमालेकै रीता अर्याल निर्वाचित भइन् । अर्यालले पाँच हजार २५६ मत पाइन् । उनकी प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रकी बलु गैरेले दुई हजार १८५ मत पाइन् ।
 
रम्भा गाउँपालिकामा एमाले

रम्भा गाउँपालिकाको गाउँ अध्यक्षमा नेकपा एमालेका विष्णुप्रसाद भण्डारी विजयी भएका छन् । उनले चार हजार ७६७ मत ल्याई विजयी भए । उनका प्रतिस्पर्धी नेपाली काँग्रेसका अशोक फालले चार हजार ९८ मत ल्याए ।

गाउँपालिकाको उपाध्यक्षमा एमालेकै राधा श्रेष्ठले चार हजार ७८६ मत ल्याई विजयी बनिन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसकी विष्णुमाया सिञ्जालीले चार हजार १३९ मत पाइन् ।

वडा नं १ मा एमालेका कृष्णप्रसाद रेग्मीले एक हजार ३२९ मत ल्याएर उनको प्यानलै विजयी भएको छ । वडा नं २ मा एमालेका उमानसिंह सारु सहितको प्यानल विजयी भएको छ । वडा नं ३ मा नेकाका थमनबहादुर गाहा सहितको प्यानल विजयी भएको छ ।

यसैगरी, वडा नं ४ मा एमालेका भोजबहादुर विक निर्वाचित भए । वडा नं ५ मा एमालेका खुमकान्त बस्याल सहितको प्यानल विजयी भएको छ ।

 

प्राप्त प्रतिकृयाहरू

To Top