अर्घाखाँचीको पाणिनी अध्यक्षमा कांग्रेस, उपाध्यक्षमा एमाले

राजनीति असार १८ २०७४ .
Kangress

अर्घाखाँची  असार,१८। अर्घाखाँचीको पाणिनी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेस र उपाध्यक्ष एमाले विजयी भएको छ ।

कांग्रेसका अच्युत गौतम एमालेका जिबनारायण कोइरालाभन्दा ४ सय ९२ मतअन्तरले अध्यक्ष पदमा निर्वाचित भएका हुन् । गौतमले ५ हजार ९७७ र कोइरालाले ५ हजार ४८५ मत प्राप्त गरेका छन् ।

पाणिनी गाउँपालिकाको उपाध्यक्ष पदमा भने नेकपा एमाले विजयी भएको छ । एमालेकी लक्ष्मी गौतमले कांग्रेसकी अम्बिका पोख्रेललाई १३५ मतअन्तरले हराइन् ।

उपाध्यक्षमा विजयी एमालेकी गौतमले ५ हजार ५४७ र उनकी निकटतम प्रतिद्वन्दी कांग्रेसकी पोख्रेलले ५ हजार ४१२ मत प्राप्त गरेको निवार्चन अधिकृत ध्रुवराज भुसालले जानकारी दिए ।

 

प्राप्त प्रतिकृयाहरू

To Top