माथागढी गापामा काँग्रेसको समूह विजयी

राजनीति असार १७ २०७४ .
Kangress

रामपुर,असार १७ -पाल्पाको माथागढी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा नेपाली काँग्रेस विजयी भएको छ ।

अध्यक्षमा सन्तोषकुमार थापाले छ हजार ९६ मत प्राप्त गरी विजयी भएका हुन् । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा ९एमाले० का विमल काफ्लेले चार हजार २१ मत प्राप्त गर्नुभयो ।

त्यस्तै उपाध्यक्षमा काँग्रेसकै निर्मला भट्टराईले पाँच हजार ६२४ मत प्राप्त गरी विजयी भएकी हुन् । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेकी मायाँ चिदीले चार हजार १०१ मत प्राप्त गर्नुभयो ।

यसैगरी सो गाउँपालिकाको आठ वटै वडामा काँग्रेस समूह नै विजयी भएका छन् । यसरी विजयी हुनुभएका वडाध्यक्षमा क्रमशः वडा नं १ मा शिवप्रसाद शर्मा, २ मा जनक रिजेल, ३ मा दीपक थापा, ४ मा मधु पराजुली, ५ मा बेलबहादुर ढेँगा मगर, ६ मा रनबहादुर खाम्चा ७ मा जङ्गबहादुर थापा र वडा नं ८ मा डिलबहादुर ढेगा मगर रहेका छन् ।

प्राप्त प्रतिकृयाहरू

To Top