गुल्मीको मालिका गाउँपालिकामा एमाले विजयी

राजनीति असार १७ २०७४ .
Mali gau

गुल्मी । गुल्मीको मालिका गाउँपालिकामा एमाले विजयी भएको छ । अध्यक्षमा एमालेका रिपबहादुर थापा विजयी हुनुभएको हो ।

उहाँले ४ हजार ४२ मत प्राप्त गर्नुभयो । कांग्रेसका ज्ञानबहादुर कार्कीले ३४ सय ४७ मत प्राप्त गर्नुभयो ।  उपाध्यक्षमा पनि एमालेकै देवा अर्याल विजयी हुनुभएको छ । उहाँले ४ हजार २५ मत ल्याउनुभयो ।

कांग्रेसकी सीता अर्यालले ३७ सय ५९ मत प्राप्त गर्नुभयो । कुल ८ वटा वडा मध्ये सात वटा वाडामा एमालले जित दर्ता गराएको छ ।

 

प्राप्त प्रतिकृयाहरू

To Top