निर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपतिबाट स्वीकृति

राजनीति असार ११ २०७४ .
Bidya bhandari pscr1zny69

काठमाडौं ,असार ११,– असार १४ मा हुने स्थानीय तह दोस्रो चरणको निर्वाचनमा सरकारलाई नेपाली सेना परिचालन गर्ने बाटो खुलेको छ ।
 राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसका आधारमा आइतबार निर्वाचनमा सेना परिचालन गर्न सरकारलाई स्वीकृति दिएकी हुन् ।
स्थानीय तहको निर्वाचन स्वतन्त्र,  निष्पक्ष र भयरहीत वातावरणमा सम्पन्न गर्न स्थानीय तह निर्वाचन सुरक्षा योजना, २०७३  अनुसार सुरक्षा निकायहरु एकीकृत तथा समन्वयात्मक रुपमा परिचालन गर्न नेपाली सेना परिचालनको लागि सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।
राष्ट्रपतिले राष्ट्रिय सुरक्षा परिषद्को असार ७ को सिफारिस र मन्त्रिपरिषद्को असार  ८ को निर्णय अनुसार सेना परिचालन गर्न संविधानको धारा ६६ को उपधारा (२) बमोजिम स्वीकृति प्रदान गरेको राष्ट्रपति कार्यलयका प्रवक्ता मोहनप्रसाद वाग्लले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

प्राप्त प्रतिकृयाहरू

To Top