एमालेको जितलाई कसैले रोक्न सक्दैन : महासचिव पोखरेल

राजनीति असार ११ २०७४ रासस
Ishor

भोजपुर, असार  ११ -  नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले एमालेको जितलाई कसैले रोक्न नसक्ने बताएका छन्  ।

नेकपा एमाले, भोजपुर नगर कमिटीले शनिबार अपराह्न आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उहाँले स्थानीय तहको निर्वाचनमा पहिलो चरणको भन्दा अझ बहुमत ल्याएर विजयी हुने दाबी गरे ।

महासचिव पोखरेलले भोजपुरको समग्र विकासका लागि योजना बनाएर एमाले अघि बढ्ने बताएका छन् ।

सभामा एमालेका पोलिटब्युरो सदस्य शेरधन राई, भोजपुर नगर प्रमुख पदका उम्मेदवार गणेश श्रेष्ठ र उपप्रमुख पदकी उम्मेदवार ममिता राईले आफ्ना प्रतिबद्धता राख्नुभएको थियो ।

 

प्राप्त प्रतिकृयाहरू

To Top