नवलपरासीका सीमा नाका ४८ घण्टाका लागि बन्द हुने

समाज असार ११ २०७४ .
Nawalparasi 768x461

परासी असार ११ – नवलपरासीको महेसपुर लगायतका विभिन्न नाका ४८ घण्टाका लागि बन्द हुने भएका छन् । असार १२ गते सोमबार साँझ ५ बजेदेखि १४ गते साँझ ७ बजेसम्म २ दिनका लागि सिमा बन्द हुने स्थानीय प्रशासनले जनाएको छ ।  

जिल्लाको परासी क्षेत्रका ३ नगरपालिका र ४ गाउँपालिका गरि ७ वटा स्थानीय तहको निर्वाचनलाई व्यस्थित, मर्यादित र शान्तिपुर्ण रुपमा सम्पन्न गर्न दुई दिन अर्थात ४८ घण्टाका लागि उक्त सिमानाका बन्द गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

यस क्रममा छिमेकी राष्ट्र भारतसंग जोडिएको परासीका महेसपुर, विषुनपुरा, भुजहवाँ, झुल्नीपुर र त्रिवेण्ी नाका बन्द गरिने छ । स्थानिय तहको निर्वाचनको सन्दर्भमा, भोटिङ्गको दिनदेखि ७२ घण्टा अगावै नै बर्डर सिल गर्नुपर्ने नेपाली नियम रहेको हुँदा प्रशासनले २४ घण्टाको समय छुट दिएको छ ।
 
भारतमा रहेको नेपाली मतादाताहरुलाई जिल्ला प्रशासन कार्यालयले एक दिन छुट दिदै भोली सोमबार साँझ सम्ममा नेपाल प्रवेश गर्न आग्रह गरेको छ । नेपालको विभिन्न जिल्लाका भोटरहरु कामकाजको सिल्सिमा भारत रहेको हुँदा नेपाल फर्कन ढिलो भएका मतदाताहरुलाई प्रशासनले एकदिन छुट दिएको हो । प्रहरीले महेसपुर, भुजहवाँ, झुल्नीपुर र त्रिवेणी नाकामा सुरक्षा व्यवस्था कडा बनाउदै सख्त निगरानी गरेको छ ।      

 

प्राप्त प्रतिकृयाहरू

To Top