समाचार / समाज

भैरहवाका मतादाताको चेतावनी : विकास विरोधीलाई मत दिइन्न

असार ११ २०७४     .
Ekikirt sampati kar %282%29

     

भैरहवा, असार १० । सिद्धार्थनगर भैरहवामा अहिले चुनाबी गतिविधीले तिब्रता पाएको छ । दलहरुले उमेदवार सहित घरदैलो र बिभिन्न कार्यक्रम आज अन्तिम चरणमा पगेका छन् । १३ वटा वडा रहेको नगरको ८ नम्बर वार्ड सबैभन्दा धेरै मतदाता रहेको वार्ड हो । मतादाता संख्याको दृष्टिले निर्णायक मानिने उक्त वडाबासीले आसन्न नगरको निर्वाचनमा विकास विरोधीको खुलैरै विरोध गर्ने घोषणा गरेका छन् । उनीहरुले सिद्धार्थनगरको विकासको आधार एडिबीको विरोध गर्ने, मधेस आन्दोलनको बेला र भारतीय नाकाबन्दीको बेला जनताको पिरमर्का नबुझ्नेहरुलाई सवक सिकाउने वडा स्तरीय नागरिक अगुवाहरुले यस्तो जनाएका हुन् । ब्रमेलीटोल क्षेत्रका संघसंस्थाका प्रमुख तथा नागरिक अगुवाले विकास विरोधिलाई भोट माग्न घर दैलोमा टेक्न नदिने भनेका छन् ।
विगतमा सिद्धार्थनगरमा एडिबीको कार्यक्रम ल्याउदां, होस् वा एकिकृत सम्पति कर लगाउदां त्यसको विरोधमा नेपाली कांग्रेसका तत्कालिन क्षेत्रीय सभापति मातृका प्रसाद यादव संयोजक रहेको एक समूहले ठूलो विरोध गरेको थियो । एकिकृत सम्पति कर एवं एडिबी विरोधी संयुक्त संघर्ष समिती सिद्धार्थनगरको नामबाट गरिएको उक्त आन्दोलनले भैरहवाबाट झन्डै एडिबी फिर्ता भएको स्मरण गर्दै मतादाताले त्यस्ता व्यक्तिले निर्वाचन जिते सिद्धार्थनगरको भविष्य अन्धाकार हुने समेत बताएका छन् ।

यादव नेपाली कांग्रेसको तर्फबाट शिद्धार्थनगरमा मेयर पदका उमेदवार छन् । यादवको संयोजकत्वमा भएको उक्त संघर्ष समितीमा राप्रपाका तत्कालिन जिल्ला सभापति सागर प्रताप राणा, माओवादीका सतिस उपाध्यय लगायतले एडिबीको विरोध गरेका थिए ।
राप्रपाबाट मेयरका प्रत्यासी राणा र कांग्रेस नेता यादवले सिद्धार्थनगरमा कुनैपनि हालतमा एडिबीको कार्यक्रम लागु हुनुहुदैंन भन्ने पक्षमा थिए । उनीहरुले संघर्ष समिती नै गठन गरेर आन्दोलन गरेता पनि तत्कालिन समयमा नगरमा क्रियासील एमाले, माओवादी, राजमो, माले, मधेसवादी दलको सहयोग र तत्कालिन नगरका कार्यकारी अधिकृत टिकादत्त राइको अडानमा सिद्धार्थनगरमा एडिबीको परियोजना सन्चालन भएको हो । एडिबीको परियोजना सन्चालन भएसंगै सिद्धार्थनगरमा अरबौंको लगानीमा बाटाघाटा तथा ढल निकासको काम भइरहेको छ । 
सिनपामा एडिबीको सहयोगमा ८० करोड लागतमा सडक र ढल, साढे २ करोडमा साना पुर्वाधार सम्पन्न भएको छ भने ८० करोडको फोहरमैला व्यवस्थापनको काम पनि प्रक्रियामा रहेको छ । 
त्यसको अतिरीक्त थप २ अरब ३८ करोड रुपैयां सिद्धार्थनगरले एडिबी मार्फत पाउने भएको छ । नगरका मतादाताहरुले आसन्न स्थानिय तह निर्वाचनमा एडिबीका घोर विरोधी यादव तथा राणाले चुनाब जितीहाले भने एडिबीबाट आउने थप अरबौं रकम के होला भनि चिन्ता समेत व्यक्त गरेका छन् ।

0 प्रतिकृयाहरू प्राप्त

To Top