कांग्रेसले एमालेसँग प्रतिस्पर्धा गर्न संभव छैन: केपी ओली

राजनीति असार १० २०७४ .
Kp oli qaje7gwlzr

मोरङ ,असार १० ।–एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले माओवादी केन्द्रलगायत जतिसुकै धेरै पार्टीसँग मोर्चा बनाए पनि नेकपा एमालेसँग प्रतिष्पर्धा गर्न नसक्ने दाबी गरेका छन ।
 देशको बिकाश र स्वाभिमान रोक्न कांग्रेसले अस्तित्व रक्षामा पुगिसकेका पार्टीहरुसँग मोर्चावन्दी गरेको भन्दै ओलीले कसै गरेपनि एमालेको बिजय यात्रालाई रोक्न नसक्ने दाबी गरे ।
ओलीले कांग्रेसले बनाएको गठबन्धनलाई हात्तिबिरुद्ध स्यालहरुको बथानको संज्ञा दिए । ‘तपाईहरुलाई थाहै छ, कांग्रेस र माओवादी केन्द्र एमालेबिरुद्ध मोर्चा कसेर आएका छन, तर एमालेसँग प्रतिस्पर्धा गर्न भने संभव छैन । अव जत्तिसुकै स्यालहरुको बथान भएपनि हात्तिको सिकार गर्न सक्दैन, सिकार त के, हात्तिको छेउमा आउन पनि सक्दैन, पर–परबाट कराउने मात्रै हो,’ शनिवार आयोजित उर्लाबारी नगरपालिकाको चुनावी सभामा बोल्दै ओलीले भने । उनले देशको बिकास र संमृद्धिका लागि एमाले भन्दा अर्काे बिकल्प नभएकोमा कुनै भ्रम नपाल्नसमेत अपिल गरे ।
पछिल्लो समय नेपाली कांग्रेसका मुल नेतृत्वलाई राष्ट्रियता र संमृद्धिको कुरा रिस उठने गरेको भन्दै ओलीले कोही रिसाउँछ भनेर देश र जनताको हितको रक्षार्थ पछि हटन नसकिने उदघोष गरे ।
उनले देश बनाउने कुरा गर्दा आफूविरुद्ध गलत टिप्पणी गर्ने कांग्रेस र माओवादी अनि सांसद र मन्त्री बन्नका लागि पार्टी खोलेका केही मधेसी नेताको अफवाहको पछि लागे मुलुक बर्वाद हुने तथ्यसमेत राखे ।

प्राप्त प्रतिकृयाहरू

To Top