एमालेले पचास प्रतिशत भन्दा बढि स्थानमा जित्ने: उपमहासचिव विष्णु पौडेल

राजनीति असार १० २०७४ .
Bishnu poudel

सैनामैना,असार १० । दोश्रो  चरणको स्थानीय तहको निर्वाचनमा नेकपा एमाले पहिलो शक्तिमात्र नभएर पचास प्रतिशत भन्दा बढि स्थानमा जित्ने नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले बताएका छन् ।

एमालेले पहिलो चरणमा जित हासिल गर्दा काँग्रेस र माओबादी मरिच जस्तै खुम्चीएको उनको भनाई थियो ।

 रुपन्देहीको सैनौनामा नेकपा एमालले आयोजना गरेको बृहत चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो कुरा बताएका हुन् ।

रुपन्देहीको सबै नगरपालिका र अधिकाश गाँउपालिका एमालेले जित्ने दाबी गर्दै पौडेलले आज पाएको जनसर्मथनलाई १४ गते सम्म सुरक्षित राख्न आग्रह गरेका छन् । अन्य पार्टीलाई मुसाको संज्ञा दिदै भकारीमा धान छ, मुसा लाग्न सक्छ यसलाई जोगाई राख्नु तपाईहरुको दायित्व हो उनले थपे ।

पुर्व अर्थमन्त्री समेत रहेका पौडेलले स्थानिय तहको दोस्रो निवार्चनमा माओबादीले आफ्नो जनमत जोगाउन नसक्ने भन्दै उसको कुरा गर्नै नपर्ने ठोकुवा गरेका छन् । सैनामैना नगरपालिकामा आफुहरुले चुनाव जितिरहेको बताउदै अर्काे चुनावमा काँग्रेस उम्मेद्वारी समेत चुन्न नपाउने तरिकाले जित्नु पर्ने  बताएका छन् ।

एमालेका विरुद्धमा देशका विभिन्न स्थानमा काँग्रेस र माओबादी गठबन्धन गरेर चुनावमा आए पनि जित्न नसक्ने पौडेलले बताएका छन्  । काँग्रेसको बुढो रुखलाई माओबादीको डोर(मकैको डाँठ)ले धान्न नसक्ने उनले दाबी गरेका छन् । गोली चल्छ मान्छे मर्छ अनेक तरिकाका धाँधली गरे पनि जनताले विश्वास गरेको पार्टी एमालेलाई जित्न कसैले नसक्ने उनले बताएका छन् ।

 

प्राप्त प्रतिकृयाहरू

To Top