सिद्धार्थनगरको सबै पदको जित सुनिश्चित छ: पूर्वमन्त्री दीपक बोहोरा

राजनीति असार १० २०७४ .
Rpp u4rudlepbr

भैरहवा  असार १० ।  आगामी असार १४ गते हुने स्थानीय तहको दोस्रो निर्वाचनमा मेयर उपमेयर, वडा अध्यक्ष तथा सदस्य सबै पदको जित सुनिश्चित रहेको पूर्वमन्त्री दीपक बोहोराले दावीे गर्नु भएको छ ।
आज भैरहवामा पत्रकार सम्मेलन गरि राप्रपाले सिद्धार्थनगरमा मेयरले जित्ने आधार भनेको ३ पटक सम्म सिद्धार्थनगरको प्रमुख भई लामो अनुभव बटुलेका सागरप्रताप राणाले अहिले पनि मेयरको उम्मेदवार हुनु, १५ वर्ष सम्म काम गर्दा भ्रष्टाचारको आरोप नलागेको, ३०÷४० लाखको नगरको बजेटमा पनि महेन्द्र सभागृह, सिद्धार्थ बसपार्क बनाउनु, सजिलै जनताले भेट्न सक्ने विशेषता मेयरमा रहेकाले जनताले राप्रपा रोज्ने पूर्वमन्त्री दीपक बोहोराले बताउनु भयो ।


सिद्धार्थनगरको विकासका लागि राप्रपाले जति योगदान गरेको छ त्यति अन्य कुनै पार्टीले नगरेकोले जनताले राप्रपालाई भोट हाल्ने उहाले उल्लेख गर्नु भयो । प्रचण्ड गर्मिमा पनि गर्मीको अनुभूति नगरि कार्यकर्ता चुनाव प्रचार प्रसारमा लागेको र विकासका एजेण्डा जनता सामु पुर्याइ सकेकोले राप्रपालाई नगबासीले विस्वास गर्ने मेयरका उम्मेदवार सागरप्रताप राणाको भनाई थियो  ।

 

प्राप्त प्रतिकृयाहरू

To Top