खेलमैदानका लागि रकम सहयोग

खेल असार ९ २०७४ .
Money

पाल्पा असार ९ - रामतुल्सी माध्यमिक विद्यालय रामपुरको खेलमैदान स्तरोन्नतिका लागि आर्थिक सहयोग प्राप्त भएको छ ।

उद्योग वाणिज्य सङ्घ रामपुरले रु दुई लाख ५६ हजार बराबरको आर्थिक सहयोग गरेको हो । उद्योग वाणिज्य सङ्घका अध्यक्ष भोजेन्द्रप्रकाश ढकालले सो रकम विद्यालयका अध्यक्ष रामप्रसाद भट्टराई र प्रधानाध्यापक बालकृष्ण लम्साललाई हस्तान्तरण गरे ।

खेल क्षेत्रलाई विकास गर्नका लागि आर्थिक रकम सहयोग गरेको अध्यक्ष ढकालले बताए ।

विद्यालयको पर्याप्त खेलमैदान भए पनि आर्थिक अभावमा स्तरोन्नति नहँदा खेल सञ्चालनमा समस्या रहेको थियो । खेलमैदानको स्तरोन्नति गरेर राष्ट्रियस्तरका खेलहरु सञ्चालन गर्ने सोच रहेको विद्यालयका प्रअ बालकृष्ण लम्सालको भनाइ छ ।

 

प्राप्त प्रतिकृयाहरू

To Top