भारतीय क्रिकेटका कोच कप्तान विवादमा आयो सुनील गावस्करको प्रतिक्रिया

खेल असार ८ २०७४ एजेन्सी
Sunils gabasakar kkay194etm

मुम्वई,असार ८, – भारतीय क्रिकेट कोच र कप्तानबीचको विवादमा चर्चित पूर्व ब्याट्सम्यान सुनील गावस्करले पनि प्रतिक्रिया जनाएका छन् । अनिल कुम्बले र विराट कोहलीबीचको विवादमा, टिम इन्डियाका चर्चित ब्याट्सम्यान भनेका छन् कि, ‘यदि कप्तानलाई मन पर्ने र मन नपर्ने कुराले यति प्रभाव पार्छ भने, क्रिकेट सल्लाहकार समितिको के काम छ र ?
खासमा, बीसीसीआईको क्रिकेट सल्लाहकार समितिमा सचिन तेन्दुल्कर, सौरभ गागुंली र वीवीएस लक्ष्मण छन् । र नयाँ कप्तान तय गर्ने जिम्मेवारी उनीहरुमै छ । लण्डन च्याम्पियन्स ट्रफी भएका बेला ,यी तीनै जनाले , कोहली र अनिल कुम्बलेसँग छुट्टा छुट्टै भेट गरेका थिए । तर, विराट कोहलीले नमानेका कारण, अनिललाई कोच बनाईएन । जबदेखि मुद्दा अगाडि आएको छ, तबदेखि  सुनील गावस्करले अनिल कुम्बलेको पक्षमा बयान दिएका छन् ।

प्राप्त प्रतिकृयाहरू

To Top