समाचार / राजनीति

एमाले विना विकास सम्भव छैन : भट्टराई

असार ७ २०७४     .
19260604 1510334842369998 7380085141849326270 n

बुटवल ७ असार । नेकपा एमालेका केन्द्रीय सदस्य तथा युवा नेता खिमलाल भट्टराइले एमालेको विजय विना मुलुकको विकास सम्भव नभएको बताउनुुभएको छ । इतिहासमा एमालेकै नेतृत्वमा गठन भएका सरकारहरुले मात्रेै अनुभूति हुने गरि विकासको जग वसालेको चर्चा गर्दै उहांले विकासको स्पष्ट दृष्टिकोण एमालेसंग मात्रै रहेको बताउनुभयो । नेकपा एमाले निकट अनेरास्ववियुको भेलालाई बुधवार बुटवलमा सम्वोधन गर्दै नेता भट्टराइले राष्ट्रियता, स्वाधीनता, विकास र सम्मृद्धिका लागि  देशैभरि एमालेलाई जिताउन जरुरी रहेको उल्लेख गर्नुभयो । उहांले २०५४ सालको निर्वाचनबाट एमाले विजयी भएका स्थानहरुको विकासको लहर हेरेर पनि एमाले विकासवादी पार्टी भएको स्पष्ट हुने बताउनुभयो । उहांले एमालेका उम्मेदवारहरुलाई विजयी बनाउन विद्यार्थीहरुलाई टोलटोलमा परिचालन गर्न निर्देशन दिनुभयो ।

भेलामा अनेरास्ववियुका केन्द्रीय उपाध्यक्ष रश्मि आचार्यले पहिलो चरणको निर्वाचनमा मतदाता शिक्षा कमजोर देखिएकाले दोस्रो चरणको निर्वाचनमा त्यस्तो हुन नदिन अनेरास्ववियुले टोल टोलमा अभियान सञ्चालन गर्ने बताउनुभयो । उहांले मतदाता शिक्षाका लागि घरघरमा परिचालित हुन विद्यार्थीहरुलाई आब्हान गनुभयो ।

सो अवसरमा अनेरास्ववियुका केन्द्रिय सचिव समिक बडाल, केन्द्रिय सचिवालय सदस्य यमराज पाण्डे, एमाले जिल्ला सदस्य ऋषिराम पाण्डे, अनेरास्ववियु केन्द्रीय सदस्य सन्दीपकुमार विक, जिल्ला अध्यक्ष बालकृष्ण पाण्डे लगायतले बोल्दै अबको ७ दिन विद्यार्थीहरुले चुनाव प्रचारलाई तीव्रता दिने बताएका थिए ।

विद्यार्थीहरुको भेलामा नेवि संघ परित्याग गरि विद्यार्थी नेता तेजेन्द्र भण्डारीमा एमालेमा प्रवेश गरेका थिए । बुटवल –१५ निवासी भण्डारी स्ववियु निर्वाचनमा नेवि संघको तर्फबाट बुटवल बहुमुखी क्याम्पसमा स्ववियु सभापतिका उम्मेदवार समेत रहेका थिए ।

 

0 प्रतिकृयाहरू प्राप्त

To Top