१५ तहमा एमालेका उम्मेदवार विजयी, ८८ तहमा अग्रता

राजनीति असार १६ २०७४ .
Uml 1

काठमाडौं । दोस्रो चरणमा सम्पन्न ३ सय ३४ स्थानीय तहको निर्वाचनमा एमालेले एक नगरपालिकासहित १४ स्थानमा जित हासिल गरेको छ । १ सय ११ नगरपालिका मध्ये डडेल्धुराको अमरगढी नगरपालिकासहित अन्य १४ गाउँपालिकामा एमालेका उम्मेदवार वहुमतसहित विजय हुनु भएको छ । प्रदेश नम्वर सातमा सवैभन्दा बढी १० तहमा एमालेका उम्मेदवारहरु विजयी हुनु भएको छ । पाँच नम्वर प्रदेशमा एकमात्र गाउँपालिमा एमाले विजयी भएको छ । सत्ताधारी दलको तालमेललाई पन्छाउँदै एमालेको उम्मेदवारहरुले विजयको ढोका खोल्नुभएको एमालेका स्थानीय नेताहरुले जानकारी दिनुभएको छ । मतगणना सम्पन्न भएको छ ।

अहिलेसम्म एमालेले विजय प्राप्त गरेको स्थानीय तह

१) कर्ण ब.कठायत – मष्टा गाउँपालिका,बझाङ्ग
२) भुवनेश्वर उपाध्याय थलारा गाउँपालिका, बझाङ्ग
३) प्रेम बोहरा – बित्थडचिर गाउँपालिका, बझाङ्ग
४) प्रयागराज जोशी – दुर्गाथली गाउँपालिका, बझाङ्ग
५) गोरख ब. चन्द – पञ्चेश्वर गाउँपलिका, बैतडी
६) बिपिन ओझा – अमरगढी नगरपालिका, डडेल्धुरा
७) काली ब.शाही – पाण्डवगुफा गाउँपालिका,बाजुरा
८) हरी रोकाय – गौमुल गाउँपालिका, बाजुरा
९) परमानन्द जोशी – लेकम गाउँपालिका, दार्चुला
१० ) धर्मानन्द मन्याल, अपि हिमाल गाउँपालिका, दार्चुला
११. शंकर राई,जन्तेढुंगा गाउँपालिका, खोटाङ
१२. विजय राई, रामप्रसाद राई गाउँपालिका, भोजपुर
१३. राजन थक्लुङ मैवाखोला गाउँपालिका, ताप्लेजुङ
१४ रामप्रसाद पाण्डे, सुस्ता गाउँपालिका नवलपरासी

१५) ताप्लि गाउँपालिका, उदयपुर, उद्दब थापा

प्राप्त प्रतिकृयाहरू

To Top