अब टेनिसको पनि विश्वकप

खेल असार १६ २०७४ एजेन्सी
Lawn tennis pdibg2kjlz

  काठमाडौँ असार १६ – विश्वभरी चर्चित खेल टेनिसको विश्वकप अहिलेसम्म आयोजना नभएको कुरा सुन्दा सबैलाई अचम्म लाग्ला । तर खेल जगतमा तहल्का मच्चाउने यस खेलको विश्वकपको आयोजना आजसम्म पनि भएको छैन ।


अन्तर्राष्ट्रिय टेनिस महासघंले विश्वकपको यही दुःखदपूर्ण अभावलाई आगामी वर्षदेखि पूरा गर्ने भएको छ । महासघंले सन् २०१८ को नोभेम्बरमा स्वीटजरल्याण्डको जेनेभामा टेनिस विश्वकप आयोजना गर्न लागेको हो ।


डेभिस कप र फेड कप जस्ता चर्चित प्रतियोगीतामा रमेका खेलका पारखीहरुका लागी अब विश्वकपको स्वाद चखाउन प्रतियोगीताको आयोजना गरिएको टेनिश महासघंका अध्यक्ष डेभिड हगरटीले जानकारी दिएका छन् । उक्त विश्वकपमा १६ टोलीले सहभागीता जनाउन सक्ने बताइएको छ ।

प्राप्त प्रतिकृयाहरू

To Top