बुटवल,तुलसीपुर र घोराहीमा एमाले अग्रता, नेपालगञ्जको वडा नम्वर एकमा एमाले विजयी

राजनीति असार १६ २०७४ .
Three party

काठमाडौं । बुटवल उपनगरपालिकामा एमाले अगाडि वढेको छ ।

४ हजार ७ सय मत गणना गर्दा एमालेका शिवराज सुवेदीले २०१७ मत प्राप्त गर्नुभएको छ । कांग्रेसका मेयर उम्मेदवार खेलराज पाण्डेका भागमा १६१० मत मात्र छ । यहाँ कांग्रेस र माओवादी गठबन्धन उम्मेद्वारलाई एमालेका सुवेदीले झण्डै ६ सय मतले पछाडि पर्नुभएको छ ।

उपमेयरमा पनि एमाले उम्मेद्वार अगाडि पुग्नुभएको छ । उपमेयर गोमा आचार्यले २१७२ मत प्राप्त गर्नुभएको छ । उपमेयरमा माओवादी केन्द्रका उम्मेदवार जगतबहादुर पोखरेललको भागमा १११० मत छ । पाँच नम्वर प्रदेशकै दाङका दुवै उपममहानगरपालिकामा नेकपा एमालेले अग्रता लिएको छ । तुलसीपुरमा एमालेका मेयर उमेदवार घनश्याम पाण्डेले अग्रता लिनुभएको छ । पाण्डेले २०९४ मत प्राप्त गर्नुभएको छ । तुलसीपुरमा कांग्रेसका गेहेन्द्र गिरीको भागमा १६३१ मत परेको छ ।
त्यस्तै घोराहीमा नरुलाल चौधरीले अग्रता कायम राख्नु भएको छ । चौधीरीले २०५४ मत प्राप्त गर्नुभएको छ । कांग्रेसका भूपबहादुर डाँगीको भागमा ११८६ मत छ । उपमेयरमा पनि एमालेका उम्मेदवारहरु अगाडि हुनुहुन्छ । त्यसैगरी नेपालगञ्जको उपमहानगरको वडा नम्वर एकमा एमालेका उम्मेदवार प्रमोद रिजाल अध्यक्षमा विजयी हुनुभएको छ ।

प्राप्त प्रतिकृयाहरू

To Top