२२६ स्थानीय तहको मात्रै मतगणना जारी

राजनीति असार १५ २०७४ .
Election commission duy20ie3yw

काठमाडौं– स्थानीय तह निर्वाचन अन्तर्गत दोस्रो चरणमा बुधबार सम्पन्न  ३३४ स्थानीय तहको चुनावमध्ये १०८ स्थानमा अझैं मतगणना सुरु हुन सकेको छैन ।

   निर्वाचन आयोगका अनुसार अहिलेसम्म  २२६ स्थानीय तहको मात्रै मतगणना जारी भएको छ ।


निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी) मा प्राप्त विवरण अनुसार, हालसम्म प्रदेश नं. १ का ८०, प्रदेश नं. ५ का ८७ र प्रदेश नं. ७ का ५९ स्थानीय तहको मतगणना शुरु भएको आयोगले जनाएको छ ।


उच्च पहाडी र हिमाली जिल्लाका विकट मतदानस्थलबाट मतपेटिका संकलन हुने क्रममा  रहेको तथा कपितय स्थानमा विवादका कारण मतगणना हुन नसकेको बताइएको छ ।


निर्वाचन आयोगले  चुनाव सम्पन्न भएको एक साताभित्रै सबै तहको नतिजा सार्वजनिक गरिसक्ने बताएपनि  निर्वाचन सम्पन्न भएको २४ घण्टा बित्नै लाग्दासमेत १०८ तहमा मतगणना सुरु हुन नसकेको हो ।


हिजो भएको निर्वाचनमा  ७३.६९ प्रतिशत मत खसेको थियो ।
 

प्राप्त प्रतिकृयाहरू

To Top