बुटवल उपमहानगरः आफ्ना पकेट क्षेत्र भएकाले जित आफ्नो पक्षमा

राजनीति असार १५ २०७४ .
Mayar btwl

बुटवल ।

प्रदेश नम्वर ५ का १२ जिल्लाका १०९ स्थानीय तह अन्तर्गत ४ उपमहानगरपालिका , ३२ नगरपालिका र ७३ गाउँपालिकामध्ये बढि चर्चामा बुटवल उपमहानगरपालिका रहेको छ । यसमा एमाले र कांग्रेसबीच कडा प्रतिश्पर्धा हुने भएकाले यो उपमहानगरपालिकाको नतिजाप्रति धेरैको चासो बढेको छ ।

मेयरमा कांग्रेसका खेलराज पाण्डेयको पक्षमा  ६०३ मत परेको छ। यसैगरी एमालेका शिव सुवेदीले ४३० मत पाएका छन्। तर उपमेयरमा भने एमालेकी उम्मेदवार गोमा आचार्यले कांग्रेस माओवादी गठबन्धनका उम्मेदवार जगतबहादुर पोखरेल भन्दा अघि छिन्।
बुटबल उपमहानगरपालिकामै एमाले नेता विष्णु पौडेलको चुनावी क्षेत्र समेत भएकाले यसको थप चर्चा र चासो भएको हो । ५ नम्बर प्रदेशमा १६१२ मतदानस्थाल र ३१२५ मतदान केन्द्रबाट २४ लाख ५४ हजार चार सय ८८ मतदाता मतदानमा सहभागि बनेका थिए ।

एमाले समर्थकहरुले उपमहानगरका अधिक वडाहरुमा आफ्ना पकेट क्षेत्र भएकाले जित आफ्नो पक्षमा जाने अनुमान गरिरहेका छन्।     

प्राप्त प्रतिकृयाहरू

To Top