विहान ९ वजे सम्मको परिणम एमालेको चार स्थानमा विजयी

राजनीति असार १५ २०७४ .
Uml

काठमाडौं।दोस्रो चरणको निर्वाचन परिणम आउन शुरु भएसंगै पहिलो चरणमाझै एमालेले विजयी शुरुवात गर्न थालेको छ । हिजो भएको निर्वाचनको जारि मत गढानामा आज विहान ९ बजे सम्म एमालेले चार स्थानमा जित हासिल गरेको छ ।

वैतडीको पंचेश्वर गाँउपालिका १ मा एमालेका कर्ण चन्द वडाअध्यक्षमा ४९२ मत ल्याएर बिजय भएका छन् ।बाजुराको गहुमुल गाँउपालिकामा–६ एमालेका प्रकाश रोकाय २८८ मत ल्याएर वडाअध्यक्षमा विजय भएका छन् ।

बझाङको मस्टा गाउँपालिकाका दुई वडामा एमालले जित निकालेको छ । वडा नम्बर १ मा एमालेका राजेन्द्र खड्काको प्यानल बिजयी भएको छ । वडा नम्बर ७ मा पनि एमालेका बमबहादुर बोहोराको प्यानल विजय भएको छ ।

प्राप्त प्रतिकृयाहरू

To Top