'७ बजे नै आएपनि अझै मत हाल्न पाईन':विष्णु पौडेल

राजनीति असार १४ २०७४ .
Bisnu paudel

बुटवल असार १४  । बुटवल उपमहानगरपालिकामा अझै सम्म पनि मतदान सुरु हुन सकेको छैन । वर्षात्का कारण अझैसम्म पनि मतदान सुरु हुन नसकेको हो । पानीका कारण डिभिजन कार्यालयको मतदानस्थल लगायतका अधिकांश मतदानस्थलमा मतदान सुरु हुन नसकेको हो ।

पूर्व अर्थमन्त्री विष्णु पौडेलले मतदान गर्ने मतदान केन्द्रमा पानीका कारण उनले अझैसम्म पनि मतदान गर्न नपाएको गुनासो गरे । उनले पत्रकारहरुसँग कुरा गर्दै निर्वाचन आयोगको कमजोर व्यवस्थापनका कारण मतदान अझै सुरु नभएको गुनासो गरे ।

वर्षत्को समयमा निर्वाचन गर्दा एकदमै कमजोर व्यवस्थापन गरिएको र पानीबाट बच्नको लागि न्यूनतम व्यवस्थापन पनि नभएको उनको आरोप छ । आफू मतदान गरेर अरु काममा लाग्न भनेर ७ बजेर ५ मिनेटमा नै मतदानकेन्द्रमा आएको भएपनि एकघण्टासम्म मतदान नचलेकोले भोटट हाल्न नपाएको बताए ।

 

प्राप्त प्रतिकृयाहरू

To Top