गृह प्रशासनको मार्गचित्र सार्वजनिक

राजनीति असार १३ २०७४ .
Janardan sharma prabhakar

काठमाडौं  असार १३ – गृहमन्त्री जनार्दन शर्माले गृह प्रशासन मार्गचित्र सार्वजनिक गरेका छन् । गृहमन्त्री शर्माले मंगलबार पत्रकार सम्मेलन गरी गृहप्रशासन सुर्धान आफ्नो कार्यकालमा गर्ने सुधारबारे बुँद्धागत रुपमा सार्वजनिक गरेको मार्गचित्रमा शान्तिसुरक्षा, प्रहरी प्रशासन, राजमार्ग, यातायात, व्यवसाय लगायतका विषयलाई प्राथमिकता दिएका छन् ।


गृहमन्त्रीले सार्वजनिक गरेको योजनामा आन्तरिक सुरक्षा कार्यक्रम अन्र्तगत प्रहरी जवानको निश्चित डिउटीको समय मिलाउने, मेस, अनुगमन, बैदेशिक रोजगारमा ठगिनेका लागि विदेशी दुतबासमा प्रहरी सहचारी खटाउने उल्लेख छ । प्रमुख शहरमा अपराध न्युनिकरण गर्न प्रत्येक चोकमा सिसिटिभिको व्यवस्था, कुनै घट्ना भए १० मिनेटमा प्रहरी पुग्नेगरी व्यवस्था मिलाउने प्रहरी निरीक्षक पदमा बढुवाको प्रकृया परिमार्जन गरिने, महानगर, नगर र दुर्गममा प्रहरीको बर्गिकरण गरिने गृहमन्त्री शर्माले पतिवद्धता जनाएका छन् ।


सशस्त्र प्रहरी सीमा क्षेत्रमा वोर्डर आउट पोष्ट स्थापना गर्ने, राष्ट्रिय अनुसन्धान विभागलाई व्यवसयिक बनाउने गृहमन्त्रीको प्राथमिकतामा परेको छ ।


प्रमुख जिल्ला अधिकारीलाई दिइने सिडियो ट्रेनिङ व्यवस्थित गराइने, हेल्प डेस्क प्रभावकारी बनाउने, सार्वजनिक सम्पति र विकास निर्मााण र सुशासनका लागि २ महिनाभित्र विशेष कार्ययोजना ल्याउने तथा विपत जोखिम न्युनिकरण, भुकम्प, बाढी पहिरोका लागि विपत जनसेवा गठन गरिने गृहमन्त्री शर्माले जनाएका छन् । विपत सामाग्रीको पर्याप्त भण्डारणको व्यवस्था मिलाउने शर्माले पत्रकार सम्मेलनमा बताएका छन् ।

अध्यागमन कार्यलयमा विशेष व्यवस्था मिलाउने, खराव र आतंकारीको पहिचानमा सहकार्य गरिने तथा अध्यागमन भिषाका लागि दुई सिफ्टबाट तीन बनाउने पनि गृहमन्त्रीको कार्ययोजनामा उल्लेख छ ।


यस्तै ७४ कारागारमा स्वास्थ्य सेवा मिलाउने, ५ बर्षमा राष्ट्रिय परिचयपत्र वितरण गरिसक्ने , लागु औषधको प्रयोग घटाउन स्थानीय निकायसँग सहकार्य र जनचेताना फैलाउने , ट्राफिक व्यवस्थापनमा सम्बन्धित निकायसँग सहकार्य गरी सहजता र सुलभताका लागि एकिकृत ट्राफिक सुरक्षा व्यवस्था गर्ने लगायतका विषय पनि कार्ययोजनामा उल्लेख छ ।

प्राप्त प्रतिकृयाहरू

To Top